२०८३ श्रावण १२ मंगलवार
२०८३ श्रावण १२ मंगलवार

काठमाडौं, २६ चैत्र । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री एमालेमा फर्किने मन बनाएर बसेकी छिन् । पछिल्लो समय पार्टीमा त्यति सक्रिय नभएकी झाँक्री विभिन्न सामाजिक कार्यमा भने सक्रिय छिन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग उनको त्यति सुमधुर सम्बन्ध छैन् ।

उनले पार्टी नेतृत्वको खुलेर आलोचना गर्ने गरेकी छिन् । पछिल्लो समय उनले मिडियामार्फत सार्वजनिक रुपमै एमाले अध्यक्ष केपी शर्मा ओलीको भने खुलेर प्रशंसा गर्ने गरेकी छिन् । माधव नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी पार्टी बनाउँदा झाँक्री लाइमलाईटमा थिईन्। पार्टी फुटाउन निर्णायक र हस्तक्षेपकारी भूमिका निर्वाह गरेकी झाँक्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री समेत बनिन् ।

तर, मन्त्रीबाट अध्यक्ष नेपालले अपमानजनक रुपमा फिर्ता बोलाएपछि भने झाँक्री नेपालसँग रुष्ट थिईन् । त्यही समयदेखि उनीहरुबीच सम्बन्धमा चिसोपना आएको जानकारहरु बताउँछन् । झाँक्रीले एमालेको दशैं, तिहार तथा छठको उपलक्ष्यमा आयोजना गरेको चियापान समारोहमा झाँक्री बुके लिएर च्यासल पुगेकी थिईन् ।

उनले त्यहाँ एमाले नेतृ अष्टलक्ष्मी शाक्यसँग अंकमाल गर्नुको साथ एमाले नेताहरुसँग हार्तिकता देखिएको । ओलीले समेत झाँक्रीलाई विशेष महत्व दिएका थिए । झाँक्रीलाई एमालेमा फर्किनको लागि सबैभन्दा बढि जोड सचिव योगेश भट्टराई, ठाकुर गैरेलगायतले गरिरहेका छन् । अहिले ओलीले समेत एमालेमा फर्किएर सक्रियताका साथ काम गर्न भनिरहेका छन् ।

उनले पनि आफूनिकटका साथीभाइहरुसँग ढिलो चाँडो एमाले र एकीकृत समाजवादी एक बनाउनुको विकल्प नहुने बताउने गरेकी छिन् । उनले माधव नेपालले एमालेसँग एकता गर्न ढिलाई गरे आफू चाहीँ अब नरोकिने पनि भन्न थालेको चर्चा छ ।

मनहरी (हेटौँडा) । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो ।

सो उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज अनुज्ञा पत्र प्रदान गरेको उपमहानगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो ।

उपमहानगर प्रमुख मीनाकुमारी लामाले यहाँ उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग बताए । उद्यमी समूहलाई अनुज्ञा पत्र हस्तान्तरण गर्दै उनले हेटौँडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पहिलो चरणमा हेटौँडा बजारमा र दोस्रो चरणमा बाहिरी जिल्लामा गुन्द्रुकको बजारीकरण गर्ने जानकारी दिए ।

होटल व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले जिल्लामा मासिक एक हजार दुई सय किलो गुन्द्रुक खपत हुने गरेको बताए। उनले होटलहरुले यहीँ उत्पादन भएको गुन्द्रक खपत गर्नेमा प्रतिबद्धता जनाए । ‘सरकारी मान्यता प्राप्त भएपछि हामीले गुणस्तरका विषयमा शंका गर्नु परेन । अब जिल्लाका होटलहरुमा यहाँ उत्पादित गुन्द्रक प्रयोगमा समस्या छैन’, उनले भने ।

गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेसँगै बजारीकरणका लागि बाटो खुलेको छ । करिब चार महिना लामो अनुगमन र परीक्षणपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुन्द्रुक प्रयोगका लागि अनुज्ञा पत्र प्राप्त भएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए।

उपमहानगरपालिकाको एक लाख लगानीबाट सुरु अग्र्यानिक साग उत्पादनबाट बनाइएको गुन्द्रुकले अनुज्ञा पत्र पाउँदा आफूहरु निकै खुशी भएको उद्यमी समूहका अध्यक्ष चिनिमाया गुरुङले बताए ।

‘उपमहानगरले हामीलाई दिएको हौसलाले अहिलेको अवस्था आएको हो ।  उपमहानगरको सहयोग र सहकारीको रु ८० हजार ऋणबाट १५ कठ्ठा जमिन भाडामा लिएर सागखेती गरी गुन्द्रुक उत्पादन गरिएको हो’, उनले भने ।

अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाएको उनले बताए । “अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाउँदा रु तीन लाख बराबरको गुन्द्रुक यत्तिकै थन्किएको थियो, अब सजिलो भएको छ”, उनले भने ।

यस समूहमा हाल १२ जना छन् । समूहले गत असोजमा उपमहानगरपालिकासँग सम्झौता गरी मंसिरबाट गुन्द्रुक उत्पादन सुरु गरेको थियो । उद्योग शाखाको तथ्याङ्कअनुसार उपमहानगरले आठ सयभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिएपनि हाल दुई सय ६८ जना उद्यममा जोडिएको जनाएको छ ।

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

बृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। थन्किएका वस्तुको उपयोग हुनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्य फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यावहारिक कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्नेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि हातलागी नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिहिनेत गर्दा स्थितिमा सुधार आउनाले सामान्य फाइदा हुनेछ। पहिलेकै समस्या दोहोरिनाले अलमलमा परिएला।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। आफ्ना काममा अरूकाे भरपर्दा गोपनीयता बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। मिहिनेत गर्दा पछि फाइदा हुने काम बन्न सक्छ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। केही खर्च लागे पनि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइका लागि केही खर्च हुन सक्छ। अभिभावककाे गुनासाे सुन्नुपर्ला।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

बृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। काममा केही अलमल हुन सक्छ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। पढाइलेखाइमा समय दिन नसकिए पनि गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। काम दोहोर्याएर गर्नुपर्ला।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

सुरुमा ढंग नपुग्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ।

बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्। उद्धार कार्य जारी छ। पोटास्को नदीमा बनेको यो पुल तीन किलोमिटर लामो छ ।

अहिलेसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन । बाल्टिमोर फायर डिपार्टमेन्टका प्रवक्ताले बाल्टिमोर पुल दुर्घटनामा ‘केही व्यक्तिको मृत्यु भएको हुनसक्ने’ बताएका छन्। बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सजेस्कीले फ्रान्सिस स्कट ब्रिज भत्केपछि उद्धार कार्य जारी रहेको बताए ।

उनले भने, ‘म स्थिति बारे सचेत छु र दमकल र आपत्कालीन सेवाको सम्पर्कमा छु।’ स्थानीय समय अनुसार राति १ः३० बजे यो घटना भएको हो । यो जहाज ३ सय मिटर लामो थियो र यो श्रीलङ्का जाँदै थियो। त्यसमा सिंगापुरको झण्डा राखिएको थियो ।

बेथानचोक / बेथानचोक गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीले अटोमेटिक कार बनाएका छन् ।

गाउँपालिकाले संचालन गरेको रोबोटिक्स तालिम लिएका उनिहरुले प्रबिधीको प्रयोग गरेर अटोमेटिक कार, स्मार्ट डस्ट्विन लगायतका सामाग्री तयार गरेका हुन् ।‘सामान भयो भने अब घरमा नै बनाउन सक्छौं,’ तालिममा सहभागी वडा नम्बर १ को भैरव मावीका सुदर्शन लोप्चनले भने, ञतालिमले धेरै ज्ञान र सीप बढायो, यसको प्रयोग अन्य सामाग्री बनाउन पनि प्रयोग गर्छौं ।

प्रबिधिमैत्री र सिपमुलक शिक्षा दिने उद्देश्यले बेथान्चोक गाउँपालिकाले रोबोटिक्स तालिम सन्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत पुष्पा राईले जानकारी दिइन् ।रोबोटिक्स क्लव गुजरातका अध्यक्ष प्रशान्त चौधरी, प्रिन्स चौधरी र रोवोटिक्स क्लब अफ काठमाडौं युनिभर्सिटीका सक्षम श्रेष्ठले ३ दिन सम्म तालिम दिएका थिए ।

तीन दिनको प्रशिक्षणमा ब्लुतुथ कन्ट्रोल कार, स्मार्ट डस्ट्विन र होम अटोमेसन बनाउन सिकाएको प्रशिक्षक प्रशान्त चौधरीले बताए । ‘तीन दिनको तालिममा विभिन्न एप, प्रोगामिङ, मोटर र सेन्सरको प्रयोग गरेर ती सामाग्री तयार गर्न सिकेका छन् झ उनले भने, ‘त्यही प्रविधी र सीप प्रयोग गरेर अन्य उपकरण पनि बनाउने बताएका छन् । ‘ चक्रेश्वर मा .बी कक्षा ९ मा अध्यनरत अल्वर्ट दाहालले तिहारमा प्रयोग हुने झिलीमिलि बत्ति आफै बनाएर अर्को पटक प्रयोग गर्ने बताए ।गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथानचोकलाई नवप्रवर्तनको केन्द्र बनाएर युवा, विद्यार्थीहरुलाई अन्वेषण, अनुसन्धानमा लगाइने बताए ।

तालढुंगा \ खानीखोला गाउँपालिकाले प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा खानीखोला गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको हो ।

चालु आर्थिक बर्षको ३ महिनाको अवधीमा भएको आर्थिक, भौतिक प्रगतिको समिक्षा गरिएको हो । खानीखोला गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले प्रस्तुती गरेका थिए । भौगोलिक, सामाजिक, भौतिक, आर्थिक विकासको हिसाबले गाउँपालिका पछि परेको भन्दै उनले चुनौती सामना गर्दै विकासको बाटोमा अघि बढिरहेको बताए ।

बाग्मती प्रदेश सभाका पूर्वमन्त्री रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले बहुबर्षिय आयोजनाको रुपमा अघि बढेको बिपि राजमार्ग बाट महाभारत-खानीखोला हुँदै प्रदेश राजधानी जोड्ने सडक सो क्षेत्रको बिकासको लागि कोशेढुङ्गा साबित हुने बताए ।

बाग्मती प्रदेशको सघन सहरी बिकास कार्यक्रम खानीखोलामा लागू भएको भन्दै उनले खानिखोलाको केन्द्र तालढुङ्गा हुँदै सिक्रेदोभानबाट हेटौंडा जोड्ने सडकमा पनि बहुबर्षिय ठेक्का हुन लागेको भन्दै ढुक्क हुन आग्रह गरे ।

जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले नागरिकको झुपडीमा अझै गणतन्त्र नआएको भन्दै जनताले अनुभुती नगरिकन गणतन्त्र नआउने बताए । खानिखोलाको बिकासको लागि खानीखोला-तालढुङ्गा सडक बन्नुपर्ने तर्क गर्दै आगामी बजेटमा प्राथमिकता दिन संघीय र प्रदेश सभा सदस्यहरुलाई अनुरोध गरे ।

जिल्लाका १३ वटै स्थानीयलाई ६ वटा कल्ष्टरमा विभाजन गरेर प्रथम त्रैमासिक अवधीको समिक्षा गरिदै आएको बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले खानीखोलाको समृद्धिको लागि आयआर्जनमा जोड दिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनताको अधिकतम हित र सुबिधालाई ध्यान दिएर सेवा प्रवाह गर्नुपर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले जनप्रतिनिधी र सरकारी कार्यलयका प्रमुखहरुलाई खानीखोलाको विकासको लागि एकजुट भएर लाग्न अनुरोध गरे ।

नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले खानीखोलाको बिकटता बिस्तारै सुगमतातर्फ अघि बढेको भन्दै सबै क्षेत्र एकजुट भएर यहाँको बिकासको लागि लाग्नु पर्ने बताए ।

च्याल्टी ।  बेथानचोक गाउँपालिकाद्वारा आयोजित अन्तर आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

वडा नं. ५ मा रहेको आत्मा विकास माध्यमिक विद्यालयको संयोजनमा कक्षा ६ देखि ८ सम्म सञ्चालित हाजिरीजवाफमा पार्वती मा.वि. प्रथम कृष्ण गोपाल मा.वि. द्वितीय एवम् भूमिमाता मा.वि. तृतीय भएको छ । यस्तै चक्रेश्वर मा.वि.ले सान्त्वनामा चित्त बुझाएको छ । यस्तै चित्रकला ( कक्षा १–५) तर्फ पार्वती मा.वि प्रथम भएको छ भने भीमसेनेश्वर मा.वि., द्वितीय, सरस्वती मा.वि. भुग्देउ तृतीय भए । गोरखनाथ प्रा.वि.ले सान्त्वना स्थान हासिल गरेको छ । कार्यक्रममा विजयीहरुलाई पुरस्कार एवम् प्रमाणपत्र वितरण गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकास्तरमा हुने यस प्रकारका प्रतिस्पर्धात्मक प्रतियोगिताले बेथानचोकका विद्यार्थीहरु देशैभरका ७ सय ५३ वटै पालिकामा रहेको विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्षम हुने बताउनु भयो ।

उहाँले अभिभावकहरुसँग कार्यक्रमहरु सुझावका रुपमा माग्दै रचनात्मक कार्यक्रमहरु शैक्षिक क्यालेण्डर बनाएर अघि बढ्ने बताउनु भयो । उहाँले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक शिक्षा पनि प्रदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबाले उहाले मानव जीवनमा शिक्षाको महत्व धेरै भएकाले वैज्ञानिक शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको भन्दै पालिका स्तरीय प्रतिस्पर्धाले प्रतिभा उत्पादन हुने बताउनु भयो । उहाँले गाउँपालिकाले विभिन्न गतिविधि छुट्टा छुट्टै वडाहरुमा गरिदैजाने नीति लिएकोमा यी २ प्रतियोगिता आफ्नो वडामा सञ्चालन गरेको जानकारी दिनुभयो । कार्यक्रममा आत्माविकास माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जगत तामाङले कार्यक्रम सफल पार्न सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ६ नं. वडाका अध्यक्ष विष्णु तामाङ, बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राइलगायतको उपस्थिति रहेको थियो ।

ढुंखर्क । बेथानचोक गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तथा सार्वजनिक भाषण कलासम्बन्धि तालिम दिइएको छ ।
लायन्स क्लब अफ काठमाण्डौं प्रोस्पेरिटी तथा पार्वती माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सञ्चालित तालिममा ३ वटा विद्यालयका विद्यार्थीहरुलाई तालिम दिइएको पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुको बहुआयामिक विकासका लागि बिदाको समयमा यस प्रकारका तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जीवनपयोगी तालिम सञ्चालन गरेकोमा विद्यालयलाई धन्यवाद दिनुभयो । व्यक्तित्व विकास तथा प्रभावकारी सञ्चारका लागि वक्तृत्वकला मानव जीवनको अभिन्न पाटो रहेकोले तालिमले विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा टेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यसप्रकारका कार्यक्रमलाई वडा कार्यालयले पनि सहयोग गर्दै जाने बताउनुभयो । साथै अभिभावक शिक्षालाई पनि सँगै लान वडा अध्यक्ष तिमल्सिनाले विद्यालयलाई सुझाव दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारप्रसाद घिमिरेले किताब भन्दा बाहिर पनि सिकाइका विविध आयाम हुुने भएकाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यस प्रकारका गतिविधिलाई तालिका नै बनाएर अघि बढ्ने बताउनुभयो ।
सरस्वती माध्यमिक विद्यालय, पार्वती माध्यमिक विद्यालय र पार्वती माध्यमिक विद्यालय गरी तीनवटा विद्यालयका ३८ जना विद्यार्थीहरु तालिममा सहभागि थिए ।

दुंखर्क । नेपाल सरकारबाट नमूना विकासका लागि छनोट भएको दक्षिणी काभ्रेको अग्रणी सामुदायिक विद्यालय पार्वती माध्यमिक विद्यालये आफ्नो ६४औं वार्षिकोत्सव एक कार्यक्रमबीच भव्य रुपमा सम्पन्न गरेको छ ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष अधिकारीले व्यक्ति विकासको प्रमुख आधार भनेको शिक्षा भएको बताउनुभयो । उहाँले शिक्षाले भाषाभाषी, भेषभुषा र सांस्कृतिक मौलिक परम्पराका साथै सामाजिक, आर्थिक क्षेत्रलाई साथै एक सभ्य, नैतिकवान् र चरित्रवान् बनाउने भएकोले स्थानीय सरकारले शिक्षा विकासमा दिगो लगानी गर्नुपर्ने बताउनुभयो । अध्यक्ष अधिकारीले शिक्षाले समाज, अर्थतन्त्र, सँस्कृति र राजनीति कसैलाई पनि बलियो बनाउन सकेन भने शिक्षामा लगानी नपुगेको हुन सक्ने भएकोले शिक्षामा लगानी गर्न राज्य कटिवद्ध हुनु पर्नेमा जोड दिनुभयो । एक प्रसंगमा उहाँले पूर्वीय शैक्षिक पद्धति अब्बल रहेकोले त्यसलाई वर्तमानको मागसँग ‘फ्यूजन’ गर्दै जानुपर्ने आवश्यकता औल्याउनुभयो । यसका लागि गाउँपालिकाले घुम्ती शिक्षकको व्यवस्था, विद्यार्थीहरुसँग अध्यक्ष लगायतका कार्यक्रम गरिदैँ आएको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीयस्तरमा नै दिएकोले निजी विद्यालयमुखी वर्तमान समयलाई चुनौति दिनेगरी शिक्षा प्रदान गर्न शिक्षक शिक्षिकाहरुलाई आग्रह गर्नुभयो । सामुदायिक विद्यालयमा विद्यार्थी घटनुमा शिक्षा क्षेत्रका नकारात्मक पक्षहरु धेरै जिम्मेवार भएकाले आफ्ना छोराछोरी निजीमा पठाएर सामुदायिक विद्यालय जाने परिपाटीको अन्त्य नभएसम्म शिक्षामा परिवर्तन आउन कठिन हुने उहाँको तर्क थियो । कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले मानव विकास, सुशासन, आर्थिक, भौतिक, सामाजिक विकास र खुशीपनका मानकहरुलाई माथि लैजान शिक्षामा दिगो लगानी गर्दै जानुपर्ने बताउनुभयो ।
सो अवसरमा वि.सं. २०६६ सालमा विद्यालयले आयोजना गरेको सप्ताह ज्ञान महायज्ञमा रु १०,०००।– भन्दा माथि चन्दादान गर्नु हुने चन्दादाता, जग्गादाता, अक्षयकोषदाताहरुको शिलालेखको गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि अधिकारीले अनावरण गर्नु भएको थियो । यस्तै विद्यालयलाई ११ आना जग्गा प्रदान गर्नु हुने जग्गादाताहरु रघुनाथ तिमल्सिना, केशवप्रसाद तिमल्सिना, लक्ष्मी तिमल्सिना र राजेन्द्र तिमल्सिनालाई सम्मान गरिएको थियो भने विद्यालयको वर्षभरीका विविध गतिविधिमा विशेष योगदान दिनुहुने महानुभावहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै, कार्यक्रममा विद्यालयबाट सेवानिवृत्त शिक्षक बाबुराम तिमल्सिनालाई शैक्षिक क्षेत्रमा पु¥याएको योगदान बापत कदर पत्र सहित सम्मान, विभिन्न अक्षयकोषदाताबाट स्थापना गरिएका अक्षयकोषबाट ३६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण, विद्यालयमा कार्यरत उत्कृष्ट वर्ष शिक्षक सम्मान, कक्षा १२ सर्वाेत्कृष्ट पुरस्कार लगायतका सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यस्तै एस.इ.इ. सर्वाेत्कृष्ट पुरस्कार अन्तर्गत विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद शर्माद्वारा आफ्ना पिता स्वर्गीय खगनाथ शर्मा एवम् माता स्वर्गीय भिमकला शर्माको स्मृतिमा स्थापित सर्वाेत्कृष्ट विद्यार्थी पुरस्कार नगद रु. १० हजार राशीबाट एस.इ.इ. २०७९ मा सर्वाेत्कृष्ट हुने अविना तिमल्सिना र अमृत तिमल्सिना पनि सम्मानित हुनु भएको छ । यस्तै विद्यालयका पूर्व शिक्षक प्रदिप खतिवडाद्वारा आफ्ना स्वर्गीय माता ढकमाया खतिवडाको स्मृतिमा स्थापित कक्षा १२ सर्वाेत्कृष्ट विद्यार्थी पुरस्कार नगद रु. ५ हजारबाट यस वर्ष प्रकाश थोकर सम्मानित हुनु भएको छ ।

कार्यक्रममा विद्यालयको गतिविधिबारे जानकारी, वार्षिक कार्ययोजना पेश गर्दै विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद शर्माले विद्यालयको ६४ औँ वार्षिकोत्सव समारोहमा पाल्नुभएका सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, चन्दादाता, पूर्व विद्यार्थी, समाजसेवी, बुद्विजिवी, एवं उपस्थित समस्त शुभचिन्तक सरोकारवाला महानुभावहरुलाई धन्यावाद व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित अतिरिक्त क्रियाकलाप अन्तर्गत विविध खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय एवम् सान्त्वना स्थान हासिल गर्नु हुने विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, दलीय प्रतिनिधिहरु, पूर्व शिक्षक, वि.व्य.स. शि.अ.स.का पूर्व पदाधिकारी लगायत अभिभावकहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।

ढुंखर्क । बेथानचोक गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न भएको छ । फागुन २ देखि ९ गतेसम्म सञ्चालित तालिममा गाउँपालिकाका ६ वटै वडाका गरी ३० जनालाई तालिम दिइएको न्यायिक समिति संयोजक एवं उपाध्यक्ष गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिनुभयो ।

बुधबार तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै उहाँले तालिम लिएसँगै संवादका माध्यमबाट समाधान खोज्न सक्नु पर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको न्यायिक समितिले विवाद निरुपण गर्ने अधिकार राख्ने मात्र नभई नागरिकमा न्याय घरदैलोसम्म पु¥याई सामाजिक सदभाव कायम गर्ने भएकाले समाजमा विद्यमान समस्याहरुलाई मिलाउने भएकाले मेलमिलापकर्ताहरुले मुद्दा मिलिसकेपछि तुषका खाटा समेत नबस्ने खालको वातावरण सिर्जना हुनेगरी काम गर्नुपर्ने धारणा राख्नुभयो । चालु वर्षमा जिल्लाका १३ वटै स्थानीय पालिकामध्ये न्याय सम्पादनमा बेथानचोक पहिलो भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । यस आर्थिक वर्षमा कूल ३६ वटा मुद्दा आएकोमा १० वटा मौखिक मिलान भएका, २६ वटा मुद्दा दर्ता भएका, १० वटा मिलापत्र भएको, ८ वटा निर्णय फैसला भएको, २ वटा डिसमिस भएका, एउटा खारेज भएको, २ वटा मुद्दा फिर्ता भएको र ३ वटा मुद्दा चालु रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले समितिलाई दिएको क्षेत्राधिकारको प्रभावकारी प्रयोग, अपनाउने कार्यविधिको मापदण्ड, स्वच्छ सुनुवाइ र निष्पक्ष भूमिका निर्वाह गर्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले सुशासनका गतिविधिहरुमा बेथानचोक गाउँपालिका काभ्रेका गाउँपालिकाहरुमा पहिलो स्थानमा रहेको बताउनु भयो । यस्तै जिल्ला भरीको सुशासन, सेवाप्रवाह, भौतिक पूर्वाधार, आर्थिक प्रशासन लगायतका मापनहरुमार्फत हुने संस्थागत स्वमुल्यांकन (लिजा) मा जिल्ला मै नगर र गाउँपालिकाहरुमा प्रथम भएको बताउनु भयो ।

कार्यक्रममा मुख्य प्रशिक्षक रमिला हुमागाईले सबैले जित्ने वातावरण बनाएर काम गर्न र फाटेका सम्बन्धनाई सियोले झैं जोडेर राख्ने वातावरण बनाउन आग्रह गर्नुभयो । सहभागिका कैलाश तिमल्सिनाले तालिमले कतिपय नबुझेका कुरामा स्पष्टता मिलेको बताउनुभयो । सो अवसरमा गाउपालिकाका कुनै पनि वडामा विवाद नहोस् भन्ने कुरामा गाउँपालिका प्रतिवद्ध रहेको बताउँदै तालिममा सिकेको ज्ञानले समाजमा हार्दिकताका साथ मेलमिलाप कायम राख्न, समुदायस्तरमा न्यायिक मेलमिलापका लागि कार्य गर्न सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको न्यायिक शाखा प्रमुख श्री कृष्ण तिमल्सिनाले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष एवम् न्यायिक समिति सदस्य कुबेर ढकाल, न्यायिक समिति सदस्य एवं कार्यपालिका सदस्य दिल कुमारी तामाङ लगायतको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण शान्तिका लागि सहकार्य संस्था, नेपालले गरेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।