
बिहीबार परेको अविरल वर्षासँगै आएको असिनापानी तथा बाढीपहिरोले बाजुराको उत्तरी भेगमा ठूलो क्षति पुर्याएको छ । बाढीपहिरोबाट बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाका विभिन्न बस्ती तथा खेतीयोग्य जमिन प्रभावित भएका छन् ।
बिहीबार दिउँसो करिब ३ बजेदेखि ४ बजेको बीचमा परेको भीषण वर्षासँगै आएको बाढीपहिरोले सयौं रोपनी खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गरेको स्थानीयले बताएका छन् । बाढीपहिरोका कारण सयौं घरपरिवार जोखिममा परेका छन् भने खानेपानी, विद्युत, सिंचाइ कुलो तथा बाटोघाटोमा समेत पूर्ण क्षति पुगेको छ ।
क्षतिपछि बुढीनन्दा नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष जंगवीर रोकाया, वडा नं. १ का वडा अध्यक्ष मानबहादुर कार्की, कार्यपालिका सदस्य हिक्मत वड, सदस्य वीरबहादुर कार्की, रेडियो शिम्भुनाथका अध्यक्ष सर्पलाल गिरी, गगनवाणीका सञ्चालक गगन ऐडी, इलाका प्रहरी कार्यालय कोल्टीका सुरक्षाकर्मी, समाजसेवी रामलाल कार्की तथा नागरिक अगुवाको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
टोलीले बुढीनन्दा नगरपालिका वडा नं. १ र ६ मा पुगेर क्षतिको विवरण संकलन गर्दै मुचुल्का तयार गर्न सुरक्षा निकायलाई आग्रह गरेको जनाएको छ ।
बुढीनन्दा नगरपालिका वडा नं. १ अन्तर्गत साउनेगाउँ, हरिकवल, मटेला र पार्तोला बस्ती उच्च जोखिममा परेका छन् । स्थानीयका अनुसार साउनेगाउँका करिब ५० घरपरिवार र हरिकवलका २९ घरपरिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
बाढीपहिरोबाट बुढीनन्दा नगरपालिका वडा नं. १ का साउनेगाउँ, हरिकवल, मटेला, पार्तोला, भारतीकौषाडी, वडा नं. ६ का दैयाँ, लाटुबस्ती, खारगाड तथा जगन्नाथ गाउँपालिका–१ पिलुचौर क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ । प्रारम्भिक विवरणअनुसार करिब पाँच सय रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ भने करिब २०० घर जोखिममा परेका छन् । तीमध्ये ८० घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । बाढीपहिरोमा पशुपक्षी तथा चौपाया समेत मरेका छन् ।
स्थानीयका घरमा वर्षाको पानी पसेर डुबान भएको छ । बस्ती चारैतिरबाट बाढी र पहिरोले घेरेपछि त्रासपूर्ण अवस्था सिर्जना भएको स्थानीयवासीको भनाइ छ ।
स्थानीयले तत्काल राहत प्याकेजको व्यवस्था गर्न तथा दीर्घकालीन रूपमा सुरक्षित स्थानमा बस्ती स्थानान्तरण र पुनर्स्थापनाको माग गरेका छन् । साना बजेटबाट खानेपानी, सिंचाइ, बाटोघाटो लगायतका संरचना पुनर्निर्माण गर्न सम्भव नभएको भन्दै उनीहरूले प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
“खेतीयोग्य जमिन बगरमा परिणत भयो । खानेपानी, कुलो, बाटोघाटो सबै बग्यो । अब के खाने र कसरी बस्ने भन्ने चिन्ता भएको छ,” स्थानीयवासीले गुनासो गरे ।
स्थानीय, प्रदेश र संघीय सरकारसँगै जनप्रतिनिधि, सहयोगी दाता निकाय तथा सरोकारवाला पक्षलाई प्रभावित बस्तीको तत्काल उद्धार, राहत र दीर्घकालीन व्यवस्थापनमा सहयोग गर्न स्थानीयले आग्रह गरेका छन् ।

बिहीबार साँझ परेको अविरल वर्षाले बाजुराका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। एकैछिन लगातार परेको भारी वर्षाका कारण विशेषगरी कोल्टी आसपासका बस्ती, सडक तथा खेतीयोग्य जमिनमा व्यापक असर परेको स्थानीयले बताएका छन्।
वर्षापछि कोल्टी बजारदेखि पिलुपादुका धामसम्मको सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। सडक माथिबाट पहिरो झर्नुका साथै ठाउँ–ठाउँमा सडक कटान भएपछि यातायात सेवा ठप्प भएको हो। सडक अवरुद्ध भएसँगै बिहानदेखि कोल्टी–पिलुचौर चल्ने यातायातका साधन मटेलामा रोकिएका छन्। यात्रुहरू बाटोमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको छ।
विशेषगरी कोल्टी आसपासका क्षेत्रमा वर्षाले निकै ठूलो असर पारेको स्थानीयको भनाइ छ। खेतबारीमा बगेको भेलले धेरै ठाउँमा बगर बनाएको छ भने कतिपय स्थानमा खेतीयोग्य जमिन नै कटान भएको छ।
त्यसैगरी बुढीनन्दा नगरपालिका वडा नं. १ अन्तर्गत हरिकवल, पार्तोला र मटेला क्षेत्र तथा वडा नं. ६ को लाटोबस्ती र साउने गाउँमा वर्षापछि बाढी र पहिरोको जोखिम बढेको छ। ती क्षेत्रमा रहेका खेतहरूमा गेग्रान, माटो र ढुंगामुढा भरिएपछि किसान चिन्तित बनेका छन्। वर्षौंदेखि मेहनत गरेर लगाइएको अन्नबालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्।मानवीय क्षति भने भएको छैन ।
अविरल वर्षाका कारण केही घरहरू उच्च जोखिममा परेका छन्। बस्ती नजिकैबाट भेल बग्न थालेपछि स्थानीय रातभर त्रासमा बसेका थिए। वर्षा निरन्तर भइरहे थप क्षति हुन सक्ने भन्दै स्थानीयले तत्काल जोखिम नियन्त्रण र राहतको माग गरेका छन्।
उक्त क्षेत्रको क्षतिको विवरण संकलन गर्न इलाका प्रहरी कार्यालय कोल्टी को टोली स्थलगत अनुगमनमा खटिएको छ। प्रहरीसहित स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले प्रभावित क्षेत्रको निरीक्षण गरिरहेका छन्।
यता अवरुद्ध सडक खुलाउन बुढीनन्दा नगरपालिका ले डोजर परिचालन गरेको जनाएको छ। नगर प्रमुख जनक कुमार बोहरा ले वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध भएको र तत्काल सडक सञ्चालनमा ल्याउन नगरपालिका सक्रिय रूपमा लागिपरेको जानकारी दिनुभयो।
उहाँले जोखिममा रहेका बस्तीका नागरिकलाई सतर्क रहन आग्रह गर्दै आवश्यक परे सुरक्षित स्थानतर्फ जान समेत अनुरोध गर्नुभएको छ। स्थानीयवासीले भने वर्षा सुरु भएसँगै हरेक वर्ष यस्तै समस्या दोहोरिने गरेको भन्दै दीर्घकालीन समाधानको माग गरेका छन्।


बाजुरा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण पशु चौपायामा ठूलो क्षति भएको छ। जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा अविरल वर्षापछि आएको पहिरोले १३ वटा भेडा–बाख्रा मरेका छन् भने ३८ वटा अझै बेपत्ता रहेका छन्। बैशाख १५ गते साँझ भयलपाटा चौका वन क्षेत्रमा घटना भएको हो।
बाजुरा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण पशु चौपायामा ठूलो क्षति भएको छ। जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा अविरल वर्षापछि आएको पहिरोले १३ वटा भेडा–बाख्रा मरेका छन् भने ३८ वटा अझै बेपत्ता रहेका छन्। बैशाख १५ गते साँझ भयलपाटा चौका वन क्षेत्रमा घटना भएको हो।
बाजुरा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण पशु चौपायामा ठूलो क्षति भएको छ। जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा अविरल वर्षापछि आएको पहिरोले १३ वटा भेडा–बाख्रा मरेका छन् भने ३८ वटा अझै बेपत्ता रहेका छन्। बैशाख १५ गते साँझ भयलपाटा चौका वन क्षेत्रमा घटना भएको हो।
बाजुरा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण पशु चौपायामा ठूलो क्षति भएको छ। जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा अविरल वर्षापछि आएको पहिरोले १३ वटा भेडा–बाख्रा मरेका छन् भने ३८ वटा अझै बेपत्ता रहेका छन्। बैशाख १५ गते साँझ भयलपाटा चौका वन क्षेत्रमा घटना भएको हो।

