२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

बाजुरा, असार २५ – हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा अन्तरनेशनल नेपाल फेलोसिप (INF) नेपालको आयोजनामा परियोजना सल्लाहकार समिति बैठक तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ।मंगलबार दिउँसो एक कार्यक्रमका बिच उक्त कार्यक्रम समपन्न भएको हो।
कार्यक्रममा गाउँपालिका तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सञ्चालित परियोजनाका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।

साथै परियोजनाको पारदर्शिता, जवाफदेहिता तथा प्रभावकारितालाई थप सुदृढ बनाउन सामाजिक लेखा परीक्षण समेत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले परियोजनाबाट समुदायमा परेको सकारात्मक प्रभावका बारेमा धारणा राख्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए। स्थानीय तह, समुदाय तथा साझेदार संस्थाबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको थियो।
सामाजिक लेखा परीक्षणमार्फत परियोजनाको आय–व्यय, कार्यक्रम कार्यान्वयनको अवस्था तथा लक्षित वर्गमा पुगेको सेवाको प्रभावबारे जानकारी सार्वजनिक गरिएको थियो। सहभागीहरूले खुला रूपमा जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रम हिमाली गाउँपालिका धुलाचौरमा सञ्चालन भइरहेको उत्थानशीलता, समावेशी, दिगो विकास र सशक्तीकरण (RISE) परियोजनाअन्तर्गत आयोजना गरिएको हो। कार्यक्रमले स्थानीय समुदायको सहभागिता बढाउँदै विकासका गतिविधिलाई थप पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

२०८३ जेठ-२५

मुगु — सामाजिक सेवामा सक्रिय श्याम फुलुमाया हस्तकला उद्योगद्वारा सञ्चालित श्याम फुलुमाया फाउन्डेसनका सञ्चालक श्याम मङ्गराती तथा “भोकालाई भोजन, प्यासीलाइ पानी” अभियान सञ्चालन गर्दै आउनुभएका जय महाकाल युवा समूहका संरक्षक आशिषराज पाण्डेको पहलमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
‎बाबुलवासुर टिभिको समन्वयमा मुगु जिल्लाको खत्याड गाउँपालिका–८, आपमा अवस्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।आईतवार दिउँसो एक कार्यक्रमका बिच बिद्यालयमा सामाग्री वितरण गरिएको बाबुलवासुर टिभिका संचालक तथा निर्देशक नारायण दत्त उपाघ्यायले जानकारी दिनुभयो।
‎बिध्यार्थीहरुलाई एक जोर कपडा र झोला बितरण गरिएको बिद्यालय श्रोतले । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी गरिएको यो सहयोगले उनीहरूको पढाइप्रति उत्साह थप्ने अपेक्षा गरिएकको छ।
‎सहयोग कार्यक्रममा बोल्दै शिक्षिका  लक्ष्मी कार्कीले सानो प्रयासले पनि विद्यार्थीको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, सहयोगी दाता आशिषराज पाण्डेले शिक्षा क्षेत्रको विकासका लागि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ।
‎स्थानीय अभिभावक तथा विद्यालय परिवारले सहयोगी हातप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले दुर्गम क्षेत्रका विद्यार्थीलाई ठूलो प्रेरणा मिल्ने बताएका छन्।
सामान्य देखिए पनि यस्ता साना सहयोगले दुर्गम भेगका बालबालिकाको शिक्षामा ठूलो प्रभाव पार्ने भएकाले यस्ता सामाजिक अभियान अझ विस्तार हुनुपर्ने आवश्यकता औंल्याइएको छ।उक्त सहयोग बितरण कार्यक्रममा बावुलवासुर टिभिका संचालक नारायण दत्त उपाध्य युवा समाजसेबी भिम प्रसाद पाण्डे,स्थानिय मुकुन्द्र कार्की,खगराज रोकाया लगायतको उपस्थिति थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।