२०८३ मंसिर ७ आईतवार
२०८३ मंसिर ७ आईतवार

किरण स्मृति फुटबलको उपाधि देउलीकोट एफसीलाई

सन्तोष प्रसाद जोशी

फाइनलमा पाण्डुसैन एफसीलाई हराउँदै देउलीकोट च्याम्पियन, विजेतालाई १ लाख २५ हजार र उपविजेतालाई ६२ हजार रुपैयाँ पुरस्कार

बाजुरा । बाजुराको कोल्टीमा सञ्चालित ‘किरण मेमोरियल सेभेन ए साइड फुटबल प्रतियोगिता’को उपाधि देउलीकोट एफसीले जितेको छ। कार्तिक १५ गते सम्पन्न फाइनल खेलमा पाण्डुसैन एफसीलाई पराजित गर्दै देउलीकोटले उपाधि आफ्नो पक्षमा पारेको हो।

उपाधिसँगै देउलीकोट एफसीले नगद १ लाख २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता बनेको पाण्डुसैन एफसीले नगद ६२ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

बुढीनन्दा युनाइटेडको आयोजनामा कार्तिक ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा २६ टोलीले प्रतिस्पर्धा गरेका थिए। एक सातासम्म चलेको प्रतियोगिताले कोल्टीसहित आसपासका क्षेत्रका युवामा फुटबलप्रतिको उत्साह बढाउनुका साथै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।

स्वर्गीय किरणको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन स्वर्गीय किरणका बुवा प्रकाश सिंहको अध्यक्षतामा भएको थियो। उद्घाटन कार्यक्रममा बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहरा प्रमुख अतिथि तथा नगर उपप्रमुख रामबहादुर बोहरा र पूर्व नगर उपप्रमुख सृष्टि रेग्मी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

त्यसैगरी नगर प्रवक्ता जंगवीर रोकाया, वडा नम्बर २ का अध्यक्ष नन्दराज गिरी, उद्योग वाणिज्य संघ बाजुराका महासचिव भागिरथ शाही लगायत जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीयको उपस्थिति रहेको थियो।

‘तिम्रो संघर्ष हाम्रो हृदयमा छ, तिम्रो सपना, तिम्रो मुस्कान र तिम्रो साथ हाम्रो लागि सदैव प्रेरणाको स्रोत रहनेछ’ भन्ने भावनात्मक सन्देशसहित आयोजना गरिएको प्रतियोगिताले खेलकुदसँगै स्वर्गीय किरणको सम्झनालाई पनि जीवन्त बनाएको छ।

प्रतियोगिताले स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान, युवालाई खेलकुदप्रति आकर्षित गर्न र कोल्टी क्षेत्रको खेलकुद विकासमा सकारात्मक योगदान पुर्‍याएको आयोजकको विश्वास छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।