
बाजुरा जिल्लामा वर्षेनी दोहोरिने बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्याउँदै आएको छ। विगतका घटनाले जोखिमयुक्त बस्तीहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए पनि दीर्घकालीन समाधानतर्फ प्रभावकारी पहल हुन नसकेको स्थानीयको गुनासो छ।
वि.सं. २०६९ साल जेठ १८ गते राति तत्कालीन बाँधु गाविस–९ पिपलडालीमा गएको भीषण बाढीपहिरोमा ५ जनाले ज्यान गुमाएका थिए। उक्त घटनामा २१ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने ३८ वटा घरमा आंशिक क्षति पुगेको थियो। त्यसैगरी वि.सं. २०७१ सालमा कोल्टी क्षेत्रमा गएको बाढीपहिरोमा थप ४ जनाको मृत्यु भएको थियो। यी दुई घटनाले करोडौं रुपैयाँ बराबरको निजी सम्पत्तिमा क्षति पुर्याउनुका साथै विभिन्न सरकारी संरचनामा समेत असर पुगेको थियो।
२०६९ सालको घटनापछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका थिए भने २०७१ सालको पहिरोपछि तत्कालीन गृहमन्त्री बामदेव गौतम र तत्कालीन उद्योगमन्त्री कर्ण बहादुर थापाले स्थलगत अवलोकन गरेका थिए। दुवै टोलीले निरीक्षणपछि जोखिमयुक्त बस्ती स्थानान्तरण आवश्यक रहेको निष्कर्ष निकालेका थिए।
२०६५ सालयता जिल्लाका साप्पाटा, रूडी, छुदरी, जगन्नाथको साउनेगाउँ, कोल्टीको घोडाकोट, ब्रमतोला, ओमकोट, गुइगाड, गुदुखाती लगायतका क्षेत्रमा बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ४० नाघिसकेको तथ्यांकले देखाउँछ।
प्राकृतिक विपत्तिपछि जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले तत्काल राहत र उद्धारमा सहयोग गर्दै आएका छन्। तर प्रभावित बस्तीहरूको दीर्घकालीन व्यवस्थापन तथा सुरक्षित स्थानमा पुनःस्थापनाका लागि पर्याप्त पहल हुन नसकेको देखिन्छ।
यसैबीच हालै राष्ट्रिय योजना आयोगको टोलीले बाजुराका विभिन्न क्षेत्रको अध्ययनपछि जिल्लाका १५ वटा बस्ती तुलनात्मक रूपमा सुरक्षित रहेको र अन्य जोखिमयुक्त बस्तीहरूलाई स्थानान्तरण गर्न आवश्यक रहेको निष्कर्ष सार्वजनिक गरेको छ।
उता, केही दिनअघि मात्रै हरिकवल, पार्तोला, मटेला, साउनेगाउँ र पिलुचौर आसपासका क्षेत्रमा आएको बाढीपहिरोले पुनः त्रासदी मच्चाएको छ। स्थानीयवासीहरू अझै जोखिमको छायाँमा बस्न बाध्य छन्।
राज्यले हाल बस्ती स्थानान्तरणसम्बन्धी नीति अघि बढाइरहेको अवस्थामा बाजुराका उच्च जोखिमयुक्त बस्तीहरूको पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरणका लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्मको समन्वित राजनीतिक पहल आवश्यक देखिएको छ। विज्ञहरूका अनुसार राहत वितरण मात्र नभई दीर्घकालीन पुनःस्थापना कार्यक्रमलाई प्राथमिकतामा राख्न सके मात्र यस्ता दुःखद घटनाको पुनरावृत्ति रोक्न सकिनेछ।

बिहीबार परेको अविरल वर्षासँगै आएको असिनापानी तथा बाढीपहिरोले बाजुराको उत्तरी भेगमा ठूलो क्षति पुर्याएको छ । बाढीपहिरोबाट बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाका विभिन्न बस्ती तथा खेतीयोग्य जमिन प्रभावित भएका छन् ।
बिहीबार दिउँसो करिब ३ बजेदेखि ४ बजेको बीचमा परेको भीषण वर्षासँगै आएको बाढीपहिरोले सयौं रोपनी खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गरेको स्थानीयले बताएका छन् । बाढीपहिरोका कारण सयौं घरपरिवार जोखिममा परेका छन् भने खानेपानी, विद्युत, सिंचाइ कुलो तथा बाटोघाटोमा समेत पूर्ण क्षति पुगेको छ ।
क्षतिपछि बुढीनन्दा नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष जंगवीर रोकाया, वडा नं. १ का वडा अध्यक्ष मानबहादुर कार्की, कार्यपालिका सदस्य हिक्मत वड, सदस्य वीरबहादुर कार्की, रेडियो शिम्भुनाथका अध्यक्ष सर्पलाल गिरी, गगनवाणीका सञ्चालक गगन ऐडी, इलाका प्रहरी कार्यालय कोल्टीका सुरक्षाकर्मी, समाजसेवी रामलाल कार्की तथा नागरिक अगुवाको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
टोलीले बुढीनन्दा नगरपालिका वडा नं. १ र ६ मा पुगेर क्षतिको विवरण संकलन गर्दै मुचुल्का तयार गर्न सुरक्षा निकायलाई आग्रह गरेको जनाएको छ ।
बुढीनन्दा नगरपालिका वडा नं. १ अन्तर्गत साउनेगाउँ, हरिकवल, मटेला र पार्तोला बस्ती उच्च जोखिममा परेका छन् । स्थानीयका अनुसार साउनेगाउँका करिब ५० घरपरिवार र हरिकवलका २९ घरपरिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
बाढीपहिरोबाट बुढीनन्दा नगरपालिका वडा नं. १ का साउनेगाउँ, हरिकवल, मटेला, पार्तोला, भारतीकौषाडी, वडा नं. ६ का दैयाँ, लाटुबस्ती, खारगाड तथा जगन्नाथ गाउँपालिका–१ पिलुचौर क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ । प्रारम्भिक विवरणअनुसार करिब पाँच सय रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ भने करिब २०० घर जोखिममा परेका छन् । तीमध्ये ८० घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । बाढीपहिरोमा पशुपक्षी तथा चौपाया समेत मरेका छन् ।
स्थानीयका घरमा वर्षाको पानी पसेर डुबान भएको छ । बस्ती चारैतिरबाट बाढी र पहिरोले घेरेपछि त्रासपूर्ण अवस्था सिर्जना भएको स्थानीयवासीको भनाइ छ ।
स्थानीयले तत्काल राहत प्याकेजको व्यवस्था गर्न तथा दीर्घकालीन रूपमा सुरक्षित स्थानमा बस्ती स्थानान्तरण र पुनर्स्थापनाको माग गरेका छन् । साना बजेटबाट खानेपानी, सिंचाइ, बाटोघाटो लगायतका संरचना पुनर्निर्माण गर्न सम्भव नभएको भन्दै उनीहरूले प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
“खेतीयोग्य जमिन बगरमा परिणत भयो । खानेपानी, कुलो, बाटोघाटो सबै बग्यो । अब के खाने र कसरी बस्ने भन्ने चिन्ता भएको छ,” स्थानीयवासीले गुनासो गरे ।
स्थानीय, प्रदेश र संघीय सरकारसँगै जनप्रतिनिधि, सहयोगी दाता निकाय तथा सरोकारवाला पक्षलाई प्रभावित बस्तीको तत्काल उद्धार, राहत र दीर्घकालीन व्यवस्थापनमा सहयोग गर्न स्थानीयले आग्रह गरेका छन् ।

बिहीबार साँझ परेको अविरल वर्षाले बाजुराका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। एकैछिन लगातार परेको भारी वर्षाका कारण विशेषगरी कोल्टी आसपासका बस्ती, सडक तथा खेतीयोग्य जमिनमा व्यापक असर परेको स्थानीयले बताएका छन्।
वर्षापछि कोल्टी बजारदेखि पिलुपादुका धामसम्मको सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। सडक माथिबाट पहिरो झर्नुका साथै ठाउँ–ठाउँमा सडक कटान भएपछि यातायात सेवा ठप्प भएको हो। सडक अवरुद्ध भएसँगै बिहानदेखि कोल्टी–पिलुचौर चल्ने यातायातका साधन मटेलामा रोकिएका छन्। यात्रुहरू बाटोमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको छ।
विशेषगरी कोल्टी आसपासका क्षेत्रमा वर्षाले निकै ठूलो असर पारेको स्थानीयको भनाइ छ। खेतबारीमा बगेको भेलले धेरै ठाउँमा बगर बनाएको छ भने कतिपय स्थानमा खेतीयोग्य जमिन नै कटान भएको छ।
त्यसैगरी बुढीनन्दा नगरपालिका वडा नं. १ अन्तर्गत हरिकवल, पार्तोला र मटेला क्षेत्र तथा वडा नं. ६ को लाटोबस्ती र साउने गाउँमा वर्षापछि बाढी र पहिरोको जोखिम बढेको छ। ती क्षेत्रमा रहेका खेतहरूमा गेग्रान, माटो र ढुंगामुढा भरिएपछि किसान चिन्तित बनेका छन्। वर्षौंदेखि मेहनत गरेर लगाइएको अन्नबालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्।मानवीय क्षति भने भएको छैन ।
अविरल वर्षाका कारण केही घरहरू उच्च जोखिममा परेका छन्। बस्ती नजिकैबाट भेल बग्न थालेपछि स्थानीय रातभर त्रासमा बसेका थिए। वर्षा निरन्तर भइरहे थप क्षति हुन सक्ने भन्दै स्थानीयले तत्काल जोखिम नियन्त्रण र राहतको माग गरेका छन्।
उक्त क्षेत्रको क्षतिको विवरण संकलन गर्न इलाका प्रहरी कार्यालय कोल्टी को टोली स्थलगत अनुगमनमा खटिएको छ। प्रहरीसहित स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले प्रभावित क्षेत्रको निरीक्षण गरिरहेका छन्।
यता अवरुद्ध सडक खुलाउन बुढीनन्दा नगरपालिका ले डोजर परिचालन गरेको जनाएको छ। नगर प्रमुख जनक कुमार बोहरा ले वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध भएको र तत्काल सडक सञ्चालनमा ल्याउन नगरपालिका सक्रिय रूपमा लागिपरेको जानकारी दिनुभयो।
उहाँले जोखिममा रहेका बस्तीका नागरिकलाई सतर्क रहन आग्रह गर्दै आवश्यक परे सुरक्षित स्थानतर्फ जान समेत अनुरोध गर्नुभएको छ। स्थानीयवासीले भने वर्षा सुरु भएसँगै हरेक वर्ष यस्तै समस्या दोहोरिने गरेको भन्दै दीर्घकालीन समाधानको माग गरेका छन्।


बाजुरा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण पशु चौपायामा ठूलो क्षति भएको छ। जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा अविरल वर्षापछि आएको पहिरोले १३ वटा भेडा–बाख्रा मरेका छन् भने ३८ वटा अझै बेपत्ता रहेका छन्। बैशाख १५ गते साँझ भयलपाटा चौका वन क्षेत्रमा घटना भएको हो।
बाजुरा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण पशु चौपायामा ठूलो क्षति भएको छ। जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा अविरल वर्षापछि आएको पहिरोले १३ वटा भेडा–बाख्रा मरेका छन् भने ३८ वटा अझै बेपत्ता रहेका छन्। बैशाख १५ गते साँझ भयलपाटा चौका वन क्षेत्रमा घटना भएको हो।
बाजुरा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण पशु चौपायामा ठूलो क्षति भएको छ। जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा अविरल वर्षापछि आएको पहिरोले १३ वटा भेडा–बाख्रा मरेका छन् भने ३८ वटा अझै बेपत्ता रहेका छन्। बैशाख १५ गते साँझ भयलपाटा चौका वन क्षेत्रमा घटना भएको हो।
बाजुरा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण पशु चौपायामा ठूलो क्षति भएको छ। जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा अविरल वर्षापछि आएको पहिरोले १३ वटा भेडा–बाख्रा मरेका छन् भने ३८ वटा अझै बेपत्ता रहेका छन्। बैशाख १५ गते साँझ भयलपाटा चौका वन क्षेत्रमा घटना भएको हो।
बाजुरा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण पशु चौपायामा ठूलो क्षति भएको छ। जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा अविरल वर्षापछि आएको पहिरोले १३ वटा भेडा–बाख्रा मरेका छन् भने ३८ वटा अझै बेपत्ता रहेका छन्। बैशाख १५ गते साँझ भयलपाटा चौका वन क्षेत्रमा घटना भएको हो।
प्रहरीका अनुसार स्थानीय किसान चैन बहादुर बिष्ट, अमृत ल्वार, राज बहादुर बिष्ट र ऐन बहादुर बिष्टका भेडा–बाख्रा क्षति भएका छन्। प्रहरी टोली घटनास्थल पुगेर खोजी कार्य जारी राखेको छ।
यस्तै, त्रिवेणी नगरपालिका–९ खोयामा चट्याङ पर्दा ३ वटा बाख्राको मृत्यु भएको छ। मंगलबार साँझ कुल बहादुर साँउदको गोठ नजिकै रुखमा चट्याङ पर्दा बाख्रा मरेका हुन्। घटनामा मानवीय क्षति भने भएको छैन।
2८ असार, काठमाडौं । जारी मनसुनयाम प्रारम्भ हुनुअगाडि भरतपुर डिभिजन सडक कार्यालयले नारायणगढ–मुग्लिन सडकखण्डको २५ स्थानमा पहिरोको जोखिम रहेको बताएको थियो । कार्यालयले चार स्थानमा उच्च र सात स्थानमा कम जोखिम रहेको भन्दै विवरण सार्वजनिक गरेको थियो ।
उच्च जोखिम रहेका स्थानमा मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्र थियो । शुक्रबार बिहान चितवनको भरतपुर महानगरपालिका वडा २९ सिमलताल भन्ने स्थानमा लेदोसहितको पहिरो गयो । त्यसले दुई यात्रुबाहक बस बगाएर त्रिशूली नदीमा पुर्याएको छ । बसको खोजी कार्य जारी छ । दुई वटा बसमा चालकसहित कम्तीमा ५ दर्जन यात्रु सवार थिए ।
विश्व बजारमा सुन महंगिएर प्रति अउन्स २ हजार ३३० डलरकाे उचाइमा पुगेकाे छ । नेपालमा पनि सुन ताेलाकै एक लाख ३६ हजार २०० रूपैयाँकाे रेकर्डस्तरमा पुग्नु औसत मानिसकाे क्षमताभन्दा बाहिर हाे । तर सुनकाे भाउ छाेइ नसक्नु भएकाे समयमा विश्वकाे कुनै कुनामा सुनकाे जलप लगाएकाे हाेटल छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।
तर यहिँ मूल्यवान सुनकाे गरगहना खरिद गर्नु र लाउनु नै अहिले चासाेकाे विषय बनिरहँदा भियतनाममा सुनकाे जलप जडित महल संचालन गरिएकाे छ।
संसारमा धेरै भवनहरू डिजाइनका कारण नै चर्चित छन्। यस्ता भवनहरूकाे अनौठो डिजाइन र आधुनिक सुविधाहरू यस्तो छन् कि देखेपछि मानिसहरू छक्क पर्छन् । यस्तै एउटा भवन भियतनामको राजधानी हनोइमा बनाइएको हाे । वास्तवमा यो भवन एक होटेल हो र यो सुनले बनेको विश्वकै पहिलो पाँच तारे होटल हो।
यस हाेटलमा भित्तादेखि ट्वाइलेटका सिटसम्म २४ क्यारेट सुनले बनेको छ । विश्वमा याे एक मात्र यस्ताे होटल हाे जुन सुनले मात्र बनाइएको छ ।
यद्यपि, यो होटल पूर्णतया ठोस सुनले बनेको हाेइन। तर यस होटलको पर्खालदेखि टाईलसम्म सबै गाेल्ड प्लेटेड रहेकाे छ। यसबाहेक यहाँका भाँडाकुँडा र शौचालयका सिट समेत सबै सुनकाे जलप जलाइएकाे छ। यसको अर्थ यो होटल पूरै गाेल्ड प्लेटेड हाे।
के के छन् सुविधा?
यो भियतनामस्थित हनाेइकाे ५ तारे होटल हो र यसको नाम ‘द डाेल्से हनोई गोल्डेन लेक’ हो। २५ तले बनेको यो होटलमा ३४२ कोठाहरू छन्। यस होटलको भित्ता र भुइँका टाइलहरू सुनले लेपिएकाे छ। यहाँ कार्यरत कर्मचारीको ड्रेस कोड रातो रहेकाे छ।
हाेटलमा गाेल्ड प्लेटेड इन्फिनिटी पुल, सुनकाे लबी र सुनकाै टाइल्स रहेकाे छ । यति मात्र नभइ यस हाेटलमा गाेल्ड प्लेटेड लिफ्ट पनि रहेकाे छ ।
यस हाेटलकाे बाथरूमा पनि सबै कुरा सुन जडित छ । यस बाथरूममा गाेल्ड प्लेटेड बाथ टब, सिंक्स, टाेइलेट रहेकाे छ । यसबाहेक हाेटलका फर्निचर र अप्लायन्स पनि सुनले नै बनाइएकाे हाे।
याे हाेटल बनाउन करिब ११ वर्ष समय लागेकेा थियाे । सन् २००९ देखि यो होटल निर्माण गर्न सुरू गरिएकाे थियाे भने २०२० काे जुलाइमा याे हाेटलकाे औपचारिक सुरूवात गरिएकाे थियाे ।
होटल शुल्क प्रति रात ३२ हजारदेखि साढे ७ लाखमाथि
यस होटलमा एक रात बस्नको लागि शुरुवाती भाडा करिब ३२ हजार रूपैयाँ छ । यस होटलको कोठामा एक रात बस्नको लागि डबल बेडरूम सुइटको शुल्क झण्डै एक लाख २५ हजार रुपैयाँ छ भने सुइटको मूल्य ७ लाख ७६ हजार रुपैयाँ बराबर छ । यो होटलमा सबै सुविधाहरु छ। यसमा गेमिङ क्लब, स्विमिङ पुल, क्यासिनो र पोकर गेम जस्ता सबै सुविधाहरू छन्।
याे गोल्ड प्लेटेड होटेलमा बस्न नसक्ने व्यक्तिले गोल्डकपमा कफी पिएर आनन्द लिन सक्छन् । यस बाहेक सुनको बाथटबमा बसेर उनीहरू नुहाउन पनि सक्छन् । तर यसका लागि छुट्टै पैसा तिर्नुपर्नेछ।
काे हुन् यस हाेटलका मालिक ?
यो होटल बिन समूहका अध्यक्ष गुएन हुउ डुओङको स्वामित्वमा रहेकाे छ।डुओङ होआ बिन समूह एक शीर्ष पर्यटन र कार्यक्रम प्रदायकहरू मध्येकाे एक हाे । यसका केही लाेकप्रिय होटलहरूमा सोमरसेट होआ बिन, डोल्से हनोई गोल्डेन लेक र दानङ गोल्डेन बे समावेश छन्।
डुओङका अनुसार यस होटलमा प्रवेशद्वारदेखि छतसम्मका धेरै वस्तु या त सुनको बनेका छन् वा सुनको लेप लगाइएको छ ।
करिब १०० मिलियन डलरको लागतमा बनेको यस होटलको करिडोर र कोठादेखि लिएर कटलरी र ट्वाइलेट सिटसम्म सबै कुरामा सुनको जलप छ। यो आफैंमा विश्वको पहिलो स्वघोषित सुनको प्लेटेड होटल हो।
काेराेनाले थलिएकाे थियाे हाेटल
कोरोना भाइरसका कारण विश्वभरको पर्यटन उद्योग नराम्ररी प्रभावित भएपछि भियतनाम पनि यसबाट अछुतो रहेन । महामारी विरुद्ध भियतनामको रणनीतिको अत्यधिक प्रशंसा गरिएको थियाे।कोरोना महामारीका कारण विगतका वर्षमा यो होटेलले खासै आम्दानी गर्न सकेन ।
तर पनि सन् २०२१ मा यो होटेलबाट आम्दानी हुने अपेक्षा होटल सञ्चालकले गरेका थिए । यो होटल ‘डोल्से हनोई गोल्डेन लेक’ का मालिकहरूले अर्को वर्ष पैसा कमाउने आशा गरेका थिए।
लिलामीमा राखियाे गाेल्ड प्लेटेड हाेटल
तर मार्च २०२३ मा हनोई गोल्डेन लेक हाेटल बिक्रीमा राखियाे । याे हाेटल लिलामीमा राखिएकाे संचारमाध्यमले लेखेका थिए। हाेटलकाे सुरूवाती मूल्य २५० मिलियन डलरमा राखिएकाे थियाे। लिलामी मार्चको लागि तय गरिएको थियाे। कम्पनीकाे कर्मचारी क्षतिपूर्ति दिने चाहना र ब्याजको लागि कोषको कमीका कारण सम्पत्ति बेच्न खाेजेकाे हाेटलका संचालक डुओङले बताएका थिए ।
साे समयमा करिब १० इच्छुक लगानीकर्ताले मूल्यको लागि वार्ता गरिरहेकाे संचारमाध्यमले उल्लेख गरेका थिए । २५० मिलियन अमेरिकी डलरकाे प्रस्ताव गर्दै डुओङले होटलको आकर्षक व्यावसायिक मूल्यका लागि मूल्य बढी हुने अपेक्षा गरेकाे बताइएकाे थियाे।
यद्धपी अचानक डुओङले उक्त लिलामी रद्ध गरेकाे खबर पनि पछि बाहिरिएकाे थियाे ।
डुओङकाे होआ बिन समूहको हाल हनोईमा करिब ९,००० वर्ग मिटर जमिन छ र सामाजिक आवास परियोजना निर्माण गर्ने योजना छ । तर लगभग एक वर्षको प्रतिक्षा पछि पनि परियोजना स्वीकृत भएको छैन जसले कम्पनीको अवस्थालाई थप जटिल बनाएकाे हाे।
एजेन्सीकाे सहयाेगमा ।
काठमाडौँ । नमस्ते पे ले नयाँ वर्षको उपलक्ष्यमा हरेक उडान टिकट खरिद तथा इन्टरनेटको बिल भुक्तानीमा आफ्ना प्रयोगकर्ताहरूका लागि नगद फिर्ता दिने विशेष अफर सुरु गरेको छ । यो अफर २६ चैत्र, २०८० देखि ५ वैशाख, २०८१ सम्म उपलब्ध हुनेछ ।
नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्ने ग्राहकहरूले प्रत्येक टिकटमा तत्कालै रु १५० को क्यासब्याक प्राप्त गर्नेछन् । ग्राहकले जति धेरै टिकट खरिद गरे, उति नै बढी क्यासब्याक प्राप्त गर्नेछन् । त्यसैगरी नमस्ते पे मार्फत इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूले ५ प्रतिशत अथवा रु १०० सम्मको क्यासब्याक प्राप्त गर्ने जनाइएको छ । यस अफर अन्तर्गत नमस्ते पे प्रयोगकर्ताहरूले उडान टिकट र इन्टरनेट बिल भुक्तानीमा क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नु नपर्ने कम्पनीले जनाएको छ ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेटको उद्देश्य रहेको जनाइएको छ।
भक्तपुर । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए ।
उनले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिए । उनका अनुसार आजदेखि सोलुखुम्बु, बाँके र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ । कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री सुरु गरिनेछ । उनले यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताए ।
स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उनको भनाइ छ । उनले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि आज रकम निकासा भएको बताए ।
दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौं उपत्यकामा सुरु गरिने झाको भनाइ छ ।

