२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

चट्याङले बाजुरामा पशुको ठूलो क्षति

बाजुरा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण पशु चौपायामा ठूलो क्षति भएको छ। जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा अविरल वर्षापछि आएको पहिरोले १३ वटा भेडा–बाख्रा मरेका छन् भने ३८ वटा अझै बेपत्ता रहेका छन्। बैशाख १५ गते साँझ भयलपाटा चौका वन क्षेत्रमा घटना भएको हो।

प्रहरीका अनुसार स्थानीय किसान चैन बहादुर बिष्ट, अमृत ल्वार, राज बहादुर बिष्ट र ऐन बहादुर बिष्टका भेडा–बाख्रा क्षति भएका छन्। प्रहरी टोली घटनास्थल पुगेर खोजी कार्य जारी राखेको छ।

यस्तै, त्रिवेणी नगरपालिका–९ खोयामा चट्याङ पर्दा ३ वटा बाख्राको मृत्यु भएको छ। मंगलबार साँझ कुल बहादुर साँउदको गोठ नजिकै रुखमा चट्याङ पर्दा बाख्रा मरेका हुन्। घटनामा मानवीय क्षति भने भएको छैन।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।