
बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–१ मा खेतबारीमा काम गर्ने खेतालाहरूलाई आवश्यक पोसाक तथा सामग्री वितरण गरिएको छ।

बर्खायाममा खेतबारीमा काम गर्दा हुने चिसो तथा वर्षाको असरबाट जोगाउने उद्देश्यले वडा कार्यालयको आर्थिक सहयोगमा उक्त सामग्री वितरण गरिएको हो।
वडा नं. १ का अध्यक्ष गणेशराज गिरिका अनुसार खेतबारीमा सहज रूपमा सिँचाइ तथा अन्य कृषि कार्य गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले खेतालाहरूलाई पानीमा प्रयोग हुने रेनकोट, बुटजुत्ता तथा उज्यालोका लागि टर्चलाइट वितरण गरिएको हो।
अध्यक्ष गिरिले यस्ता सामग्रीले खेतालाहरूलाई वर्षायाममा सुरक्षित र सहज रूपमा काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सामग्री प्राप्त गरेका खेतालाहरूले यस किसिमको सहयोगले काम गर्न थप हौसला मिलेको र वर्षाको समयमा खेतबारीमा काम गर्न निकै सहज भएको प्रतिक्रिया दिएका छन्।




