२०८३ श्रावण २ शनिबार
२०८३ श्रावण २ शनिबार

स्वामिकार्तिक खापर गाउँपालिकामा ४०० भन्दा बढी परिवारलाई चामल वितरण

बाजुरा, १४ असार ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. २ मा ‘आमा पहिलो’ कार्यक्रम अन्तर्गत छुटेका बाँकी ४०० भन्दा बढी घरधुरीका आमाहरूलाई खाद्यान्न सहयोग गरिएको छ। आइतबार एक विशेष कार्यक्रमका बीच वडाका भुकाहाँ, बेर्मा र माझगाउँका रैथाने तथा लक्षित परिवारका आमाहरूलाई जनही ५० किलोग्रामका दरले चामल वितरण गरिएको हो।

​गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको ‘आमा पहिलो’ कार्यक्रम अन्तर्गत यसअघि नै विभिन्न वडामा खाद्यान्न वितरण गरिसकिएको थियो। वडा नं. २ मा प्राविधिक तथा अन्य कारणले छुट्न पुगेका परिवारहरूलाई समेट्दै आइतबार दिउँसो पालिकाले घरदैलोमै पुगेर चामल हस्तान्तरण गरेको हो।

​गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले खाद्यान्न वितरण गर्दै पालिकाभित्रका कुनै पनि आमाहरू पोषण र खाद्यान्न अभावबाट पीडित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको बताउनुभयो।

​”हाम्रो पालिकाका आमाहरूको स्वास्थ्य र पोषण हाम्रो पहिलो प्राथमिकता हो। कोही पनि आमा नछुटून् र सबैले स्थानीय सरकार भएको महसुस गर्न सकून् भनेर हामी आफैं गाउँमा पुगेर चामल वितरण गरेका हौं,” अध्यक्ष रोकायाले भन्नुभयो।

​पछिल्लो समय गाउँपालिकाले कृषि, स्वास्थ्य र सामाजिक सुरक्षालाई जोड दिँदै आएको छ। चामल पाएपछि स्थानीय भुकाहाँ, बेर्मा र माझगाउँका आमाहरूले खुसी व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रमा खाद्यान्नको संकट भइरहने समयमा पालिकाले ५० किलो चामल हातमा थमाइदिएपछि स्थानीयहरूले स्थानीय सरकारको यो कदमको निकै प्रशंसा गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।